कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ ।
मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले बताए ।
महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको छ । मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ असोज २०७७, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, ७ महिनाअघि हराएका स्विडिस नागरिक भएको पुष्टि
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला