देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, ११ : २०
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको माधव नारायण नगरपालिका-९ गढउ स्थित बाग्मती खोलाको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृतावस्थामा फेला परेका छन् ।

यसैगरी इलामको रोङ गाउँपालिका-५ इरौटार बस्ने ६५ वर्षीया सोम माया राई सोही ठाउँ स्थित भिर तल खोल्सामा आइतबार मृतावस्थामा फेला परेकी छिन् । गुल्मीको मदाने गाउँपालिका-३ कैरलपाटा बस्ने ७४ वर्षीय खुलानन्द पुरी पनि धुर्कोट गाउँपालिका-७ गोलपोखरी स्थित खरबारीमा आइतबार मृतावस्थामा फेला परेका छन् ।

यसैगरी दैलेखको भैरवी गाउँपालिका-१ महतरागाउँ कटौचे बस्ने ६१ वर्षीय तिर्थ बहादुर महतरा दुल्लु नगरपालिका-११ स्यालाखाडा स्थित छामघाट खोलाको किनारमा आइतबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस