काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–२ स्थित एक होटेलमा पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटेलमा शुक्रबार अपराह्न काठमाडौँ चाबहिल–७ बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
असोज २७ गतेदेखि मानन्धर सोही होटेलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बस्दै आएको र फोन गर्दा नउठेपछि प्रहरी, जनप्रतिनिधिको रोहबरमा होटेलको कोठा खोली हेर्दा मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ।
मृत फेला परेका मानन्धरको मामाघर हेटौँडा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव हेटौँडा अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला