काठमाडौँ । यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन ।
तर, गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । नयाँ नोट वितरण नगर्नेबारे सम्भवतस् सोमबार सूचना जारी गरिने स्रोतले बताएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोरोनाको जोखिम उच्च भएकाले पंतिबद्ध गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको बताए । ‘यो वर्ष सर्वसाधारणको भिडभाड गराएर नयाँ नोट बाँड्न सक्ने अवस्था छैन,’ उनले भने । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ असोज २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ प्रणालीबाट ८० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
नियामकीय व्यवस्था उल्लंघन गर्ने दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही
राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका संशोधन, बैंकले ब्याजलाई नाफामा देखाउन पाउने
पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक