बुटवल । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस जम्मा गर्न लगाएको आरोप थियो । अख्तियारले उनका बाबु रामनारायण सुडी र घूस दिने विभिन्न ठेकेदारलाई पनि मुद्दा चलाएको छ ।
खानेपानी संस्थानको बुटवल शाखा प्रमुख साहलाई काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले धादिङको धुनिबेंसी खानीखोलामा पक्राउ गरेको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ असोज २०७७, ०८ : २४
लेखकबाट थप