काठमाडौँ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु भएको छ ।
संसदीय समितिले प्रकृया सुरु गर्दै प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । आज बसेको समिति बैठकले भोलीबाट लागु हुने गरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो । संसदीय समितिको कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।
खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, एल्साल्भाडोर, होन्डुरस र ग्वान्टेमालाका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ । पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय, गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ असोज २०७७, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने
१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन (नामावली सहित)
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालद्वारा १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले भने-इजरायल र हमास युद्ध अन्त्य गर्न भूमिका खेल्छु
इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल