संसदीय सुनुवाइ समिति

१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन (नामावली सहित)

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १६ : ०७
१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन (नामावली सहित)

काठमाडौं । संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।

‘कागजात मगाउन निर्देशन दिएका छौं, आएपछि अनुमोदन हुन्छ’ निर्णय सुनाउँदै सभापति न्यौपानेले बताइन् । बहुमतबाट नाम अनुमोदन भएको राजदूतमा पनि दुई सांसदले फरक मत दर्ज गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल र जनता समाजवादी पार्टी, नेपालका प्रकाश अधिकारीले केही राजदूतहरुको नाममा फरक मत राखेका हुन् ।

अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनालाई राजदूत बनाउन नहुने मत राखेका थिए ।

सांसद अधिकारीले यी तीन देशका लागि प्रस्तावित राजदूतसँग भारतका लागि प्रस्तावित डा. शंकर शर्माको नाममा असहमति राखेका हुन् । तर दुई सांसदको असहमति हुँदा पनि बहुमतबाट प्रस्तावित राजदूतहरुको नाम समितिले अनुमोदन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस