राष्ट्रियसभाका तीन सांसदले लिए सपथ

शुक्रबार, २५ फागुन २०७४, १२ : ४२
राष्ट्रियसभाका तीन सांसदले लिए सपथ

काठमाडौं । राष्ट्रियसभामा मनोनित तीन सांसदले पद तथा गोपनियता को शपथग्रहण लिएका छन् ।

राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललार्इ शपथ दिलाएकी हुन् ।

तीनजनाको शपथ ग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेश खारेज गरेपछि उनीहरुको शपथको बाटो खुलेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा परेका तीनजनाले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस बदर गर्न माग गर्दै उनीहरु अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस