काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जेष्ठ नागरिकसम्बन्धी ऐन कानून निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ ।
जेष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित गण्डकी प्रदेशस्तरीय जुम प्रविधिको अन्तरक्रियामा बोल्दै उहाँले जेष्ठ नागरिकको हक, अधिकार कानूनीरुपमै सुनिश्चित गरिने बताउनुभयो ।
प्रदेश सरकार समाजका आश्रम र मानव सेवा आश्रम सञ्चालनमा देखिएका समस्याका बारे सरोकारवालसँगको छलफल गरी समाधान गरिने बताउँदै मुख्यमन्त्री गुरुङले भगवान सरह वृद्ध आमाबुबालाई आश्रममा नभई घरमै मायाका साथ राख्ने वातावरणको विकास गरिनु पर्नेमा जोड दिनुभयो ।
जेष्ठ नागरिकका सम्बन्धमा नेपालको संविधान, ऐन कानून र नियमले निर्दिष्ट गरेका प्रावधानलाई कार्यान्वयन गर्दै लगिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशमा २२ वटा आश्रम एवं २०० भन्दा बढी जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिँदै त्यस्ता सामाजिक सेवामा समर्पित सङ्घसंस्थालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
राष्ट्रिय जेष्ठ नागरिक महासङ्घका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष डा गौरीशङ्कर लालदास र कृष्णहरि बाँस्कोटा, गण्डकी प्रदेशका अध्यक्ष कुशुमकेशव पराजुलीलगायतले राज्यले निर्धारण गरेका जेष्ठ नागरिकका सेवा सुविधाको अक्षरशः कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।
“महामारीमा उमेरको कारण जेष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनले परिवर्तन ल्याउँछ” भन्ने यस वर्षको मुख्य नारासहित आयोजना सो कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहका गरी कूल ८० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ असोज २०७७, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ