भरतपुर अस्पतालमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १२ : ०१
भरतपुर अस्पतालमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही हरिहर गाँउपालिकाका ५५ बर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको आज बिहान १० बजे मृत्यु भएको हो ।

किड्नी फेल भएपछि डायलायसिसका लागि उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । उपचारको क्रममा उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।

खोकी र स्वासप्रश्वासको समेत समस्या रहेको उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २३ गते अस्पतालको कोभिड आइसियूमा राखेर उपचार हुँदै आईरहेको थियो । अस्पतालले उनको नियमित डायलासिस समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस