५० प्रतिशत मात्रै यात्रु राखेर सेवा दिन सकिन्न : वायुसेवा सञ्चालक

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १९ : १५

काठमाडौं । सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाइदिएपछि त्यसमा आपत्ति जनाउँदै आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका छन् ।

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले छिमेकी मुलुक भारत लगायत विश्वका अन्य मुलुकमा सामाजिक दूरी राखेर सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने नियम नभएकाले आफूहरुले सरकारको यो व्यवस्था नमान्ने बताए ।

प्रतिक्रिया दिनुहोस