काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहो¥याउने गरी प्रस्ताव तयार पारिएको छ ।
ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।
सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन ।
अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आम मानिसको मन जितेका थिए ।
यसैबीच घिसिङलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भने रहेको बताइएको छ । सो समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्नुपरेपनि गरेर निर्णय गर्ने बताइएको छ ।
विद्युत प्राधिकरण ऐन २०४१ को परिच्छेद २ मा भने यस्तो व्यवस्था छ :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
घिसिङ र शाक्यको पेसी न्यायाधीश मुसलमानको इजलासमा
कुलमानको रिट सुनुवाइका लागि आज पेसी
३० वर्ष देशका लागि योगदान गर्दा दण्डित भएँँ, सरकारलाई धन्यवाद ! :कुलमान घिसिङ