क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।
क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।
विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।
डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।
लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताउनुभएको छ । उहाँले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिनुभयो ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपदा घोषणा गर्नु भएको थियो । गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गर्नु भएको थियो ।(रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ भदौ २०७७, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
वन डढेलो: धेरै घटना तराईमा, बढी क्षति पहाडमा
दक्षिणकालीको वनमा फैलिएको डढेलो अझै निभाउन सकिएन