काठमाडौं। काठमाडौंको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४/५ बजेदेखि डढेलो लागेको बताए । उनका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि पूर्ण रूपमा निभाउन सकिएको छैन ।
हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको उनले बताए । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् ।
नगरप्रमुख बस्नेतले भने, 'हिजोभन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।'उनले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताए । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो
वनमा लागेको डढेलोमा परी युवतीको मृत्यु, चार घाइते
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो