नेपालका लोकप्रिय अनलाइनका फेसबुक पेज धमाधम भेरिफाइड

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, २२ : १०
नेपालका लोकप्रिय अनलाइनका फेसबुक पेज धमाधम भेरिफाइड

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन पत्रकारिताको बाढी नै आएको छ । प्रेस कान्सिलको तथ्यांकअनुसार दर्ता भएर सञ्चालित अनलाइन सञ्चारमाध्यमको संख्यामात्रै २१४८ रहेको छ  । अझ दर्ता बिनै सञ्चालित अनलाइनको संख्या त त्यो भन्दा धेरै रहेको छ । यसबाहेक पत्रपत्रिकाको संख्या पनि उल्लेख्य रहेको छ । 

नेपालमा सञ्चारमाध्यमको संख्या अत्यधिक भएपनि पाठकको मनमा बसेका र उनीहरुको नजरमा पर्ने सञ्चारमाध्यम भने सीमित छन् । त्यस्ता सञ्चारमाध्यमले दिने विश्वसनीय सामग्री, सामग्रीको विविधताका साथै छिटो र प्रभावकारी समाचारकै कारण पाठकको रोजाइमा पर्ने गरेको हो । 

विश्वव्यापी कोरोना महामारीको प्रभावका कारण नेपाली सञ्चारमाध्यममा नराम्ररी पर्न पुग्यो । आफूलाई एक नम्बरको दावी गर्ने सञ्चारमाध्यमका प्रकाशनहरु समेत बन्द हुन पुगे भने कतिपय अहिले पनि धराशयी अवस्थामा चलिरहेका छन् । यहीबीचमा अनलाइन सञ्चारमाध्यम भने संकटका बीच चलिरहेका त छन् नै उनीहरुको विश्वसनीयता पनि बढ्दै गएको छ । विश्वसनीय अनलाइनमा बढ्दो पाठक, उनीहरुको सामाजिक सञ्जालमा रहेको प्रभावकारी उपस्थितिका साथै छिनछिनमा दिनरात सही सूचना दिएकै कारण लोकप्रियता बढेको हो । 

उनीहरुको विश्वसनीयताकै कारण चर्चित सामाजिक सञ्जाल फेसबुकले समेत उनीहरुलाई आधिकारिता अर्थात भेरिफाइड गरेको छ । यस्तो पेज आधिकारित हुने र त्यस्ता पेजमा शेयर हुने सूचना तथा समाचारको प्रभवकारिता पनि हुने ठानिन्छ । 

नेपालमा केहीसञ्चारमाध्यमको मात्रै फेसबुक पेज भेरिफाइड भएका छन् जसमा कान्तिपुर मिडियाका सबै प्रकाशनहरुको पेज भेरिफाइ भएका छन् । यसैगरी अनलाइन खबर, रातोपाटी, सेतोपाटी, नागरिक न्यूज, न्यूज२४, नेपाल लाइभ, बीबीसी नेपाली जस्ता सीमित सञ्चारमाध्यमलाई फेसबुकले आधिकारिता दिएको छ । यस्तै सफल खबर डटकम पनि फेसबुकमा भेरिफाइ भएको छ । स्थापनाको छोटोसमयमै लोकप्रिय बन्न सफल बनेको सफल खबर हालैमात्रै भेरिफाइड भएको छ । सफल खबरले छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन, साहित्यलगायतका विविध सामग्रीहरु उत्पादन र प्रकाशन गर्दै आएको छ । 

यसबाहेक नेपालमा ठूला ब्राण्ड, सेलिब्रेटी, राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्रीसहित सरकारी निकायहरुले पेज पनि भेरिफाइ भएको छ ।  तर, अहिलेपनि कतिपय नाम चलेकै सञ्चारमाध्यमलाई समेत फेसबुकले आधिकारिता दिएको छैन । 

फेसबुकले पेज तथा प्रोफाइलको नामको दाहिनेपट्टी सानो निलो घेराको बीच भागमा सेतो चेकमार्कले भेरिफाइडको संकेत गर्छ । जसलाई आधिकारिक पेजका रुपमा बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस