विराटनगर । धरानमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका ११ बस्दै आएका ६५ वर्षीय ती पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको हो । मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ भदौ २०७७, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी