काठमाडौं । कोरोनाका डरले अर्थमन्त्री डा युवराज खतिवडा मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका छन् । अर्थमन्त्री डा खतिवडा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित नभएका हुन्। दिनभर अर्थ मन्त्रालयमै रहेका मन्त्री खतिवडा बालुवाटारको बैठकमा देखिएनन् ।
बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला कि भन्ने डरका कारण मन्त्री खतिवडा बालुवाटार नगएका हुन् । क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयमा भने नियमित उपस्थित भएर काम गरिरहेकै छन् ।
सोमबार पनि उनी सधैंझै बिहान ८ बने नै अर्थमन्त्रालय पुगेका छन् । हरेक दिन उनी बिहानदेखि साँझसम्म मन्त्रालयको काममा खट्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ भदौ २०७७, १२ : ५८
लेखकबाट थप