काठमाडौं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरीमा एक ६० वर्षीया महिला र रौतहटमा एक ३० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८६ जनाको मृत्यु भइसकेको हो ।
सोही अवधिमा सप्तरीमा चार, सिरहामा दुई, धनुषामा ७१, महोत्तरी र सर्लाहीमा ३५÷३५ जना, रौतहटमा एक, बाराबाट ३० र पर्सामा ४९ जना गरी २२७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । आज थपिएका सङ्ख्यासमेत गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार २२ पुगेको छ । सोमध्ये आज ११४ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ८४९ पुगेको छ ।
यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ६९८ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५७२, आइसोलेसनमा एक हजार ३२ र होम आइसोलेसनमा चार हजार ५५ जना रहेको सो मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ भदौ २०७७, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै