सप्तरी । कोरोना संक्रमित एक महिलाको सप्तरीमा मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा भर्ना भएकी उनको सोही दिन स्वाब संकलन गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको थियो ।
तर शनिबार राति उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको थियो । तर तिनको बाटोमै मृत्यु भएको यादवले बताए । कोरोना संक्रमणबाट सप्तरीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ भदौ २०७७, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै