चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेजमामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको निधन भएको छ । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।
नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा . दयाराम लम्सालले बताए ।
निमोनिया भएर श्वासप्रश्वासको समस्या भएपछि भदौ ४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै