काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
महिलामा पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया, भक्तपुरकी ६२ वर्षीया छन् भने पुरुषमा पर्साका ४८–३९ वर्षीय, सिरहाका ८४ वर्षीय, गोरखाका ३८ वर्षीय, कास्कीका ५८, काठमाडौंका ८३ वर्षीय, ललितपुरका ७२–६१ वर्षीय, भक्तपुरका ८२ वर्षीय छन् ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २०७ पुगेको छ । यस्तै आज थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३४० जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । जसमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै