जनकपुर । महोत्तरीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
शनिबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ बस्ने एक ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ बस्ने ७० वर्षीय पुरुषमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा। जामुन प्रसाद सिंहले जानकारी दिए ।
उपचारको क्रममा बर्दिबासमा भर्ना रहेका पिपरा गाउँपालिकाका ७० वर्षिय पुरुषलाई थप उचपारको लागि शनिबार बिहान जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएपछि बिहानै उनको मृत्यु भएको डा। सिंहले बताए ।
उनले भंगहा नगरपालिकाका एक पुरुषको पनि उपचारकै क्रममा शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको र मृत्यु पछि उनको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए ।
हाल उनीहरुको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने नेपाली सेनाबाट शव व्यवस्थापन गर्ने तयारी अस्पतालले जनाएको छ । यससंगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट