काठमाडौं । पाटन अस्पताल ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिला र काठमाडौंकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।
भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको आज शनिबार बिहान मृत्यु भएको हो ।
काठमाडौंकी ५१ वर्षीया महिला गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको गएराति १०ः४० बजे मृत्यु भएको हो ।
गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ । यसरी पछिल्लो २४ घण्टाको अहिलेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै