काठमाडौं । पाल्पा र धरानमा उपचाररत एक महिला र पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार निधन भएको छ ।
तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी उनमा गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्यामा गम्भीर समस्या देखिएपछि उनी लुम्बिनी मेडिकल कलेज भर्ना भएका थिए । अस्पतालका अनुसार उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रबार अपराह्न निधन भएको हो ।
त्यस्तै कोरोनाभाइरस संक्रमणबाट गएराति शुक्रबार एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा भदैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निर्देश सापकोटाले जानकारी दिए । मिर्गौलाका रोगी उनमा गत ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै