वीरगन्ज । कोरोना संक्रमणको हटस्पट मानिएको वीरगन्जमा एक महिलासहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।
संक्रमित मनियारीका ३७ वर्षीय पुरुषलाई वीरगन्ज हेल्थ केयरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादैं गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो ।
नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।
यसैगरी शुक्रबार साँझ वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार महिला उच्च रक्तचापको समस्याबाट पीडित थिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै