चितवनमा पुष्पाञ्जली अस्पतालमा थप १ जना कोरोना संक्रमित पुरुषको निधन, आज मात्रै मृतकको संख्या २ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, ११ : ०८
चितवनमा पुष्पाञ्जली अस्पतालमा थप १ जना कोरोना संक्रमित पुरुषको निधन,  आज मात्रै मृतकको संख्या २ पुग्यो

चितवन । भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।अस्पतालले आज शुत्रबार प्रेस विज्ञप्ती जारी गर्दै श्वासप्रश्वासमा गम्भीर समस्याभर्ना भएका मृतक भरतपुर २ क्षेत्रपुरका ५१ वर्षीय पुरुष रहेको जनाएको छ ।

उनी भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालको भेन्टिलेटरको सहायताले सघन उपचार कक्षमा उपचाररत उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जानकारी दिए ।

अस्पतालका अनुसार मृतक व्यक्ति लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको र दुवै फोक्सोमा गम्भीर निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । चितवनमा शुक्रबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस