कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १० : ०७
कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा–१९ मकवानपुर निवासी एक बृद्ध महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

श्वासप्रश्वासको समस्या भएपछि जटिल अवस्थामा उनी मेडिकल कलेज भर्ना भएकी थईन् । सघन कक्षमा उपचारको क्रममा आज (शुक्रबार) बिहान ६ बजेर ५० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

७१ वर्षिया उनको उपचारको क्रममा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड १९ बाट अस्पतालमा उपचारको क्रममा मृत्यु हुने पहिलो केस भएको जनाएको छ ।

साथै अस्पतालले आज बिहान ८ बजे सम्म ७ सय २७ जनाको स्वाब परिक्षण गरिएको भएको मध्ये १ सय ९ जना पोजेटिभ भेटिएको जनाएको छ । साथै अस्पतालमा ४२ जना मध्ये २० जनाको गम्भीर अवस्थामा उपचार भईरहेको विज्ञप्तीमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस