बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको निधन

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, ०८ : २७
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको निधन

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा संक्रमित झापा र मोरङका एक पुरुष र एक महिलाको रहेका छन् । 

झापाको दमक–३ निवासी ८३ वर्षीय पुरुषमा अत्याधिक खोकी, श्वास फेर्न समस्या तथा ज्वरो आएपछि परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । गत ३ गते अस्पताल भर्ना गरिएका उनको आज बिहान उपचारको क्रममा निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक मिर्गौलाको दीर्घकालिन समस्या, उच्च रक्तचाप, मधुमेह लगायतका समस्या रहेको थियो ।

यस्तै, मोरङको बेलबारी ५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस