जनकपुर । धनुषामा थप एकजना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ बस्ने ४५ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा बुधबार भर्ना भएका सो पुरुषको त्यहि दिन नै स्वाब लिई परीक्षण गर्दा आज उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
मृतक क्षयरोग तथा मधुमेहका रोगी थिए । यससँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै