काठमाडौं । आज देशभरी सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ ।
प्रदेश नम्बर १ मा १ हजार १ सय ३५, प्रदेश नम्बर २ मा १ हजार ८ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ३ र गण्डकी प्रदेशमा ४ सय ११ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४१ गरी देशभरी ९ हजार ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा ३ सय ७७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४, बागमती प्रदेशमा १ हजार ५ सय २ र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी देशभरी ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आज प्रदेश नम्बर १ मा मा ११ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश नम्बर ५ मा १८ जना आइसीयुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज ५ सय ६९ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै