काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
मृतकहरुमा पाँच महिला र तीन जना पुरुष रहेका छन् । महिलाहरुमा ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया, बाँकेकी ७० वर्षीया छन् भने पुरुषहरुमा काठमाडौंका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय रहेका छन् ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १८३ पुगेको छ । यस्तै आज थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५६९ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । जसमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट