वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट एक गर्भवती सहित तिन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।
भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा आज बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
त्यसैगरि वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको पनि आज बिहान नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । चिकित्सकका अनुसार संक्रमित मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।
यसैगरी बुधबार साँझ साढे ६ बजे नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै