काठमाडौं । कोरोनाको कहरका कारण विदेशबाट नेपाल आउन जोकोहीले ९ शर्त पूरा गर्नैपर्छ । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि ९ शर्त पूरा गर्नुपर्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गरेको छ । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् । यसैगरी १ सेप्टेबरपछि स्वदेशी वायुसेवा कम्पनीबाटै चार्डर्ड उडान हुने भएको छ । नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न शर्तको पालना गर्नुपर्नेछ ।
यस्ता छन् ९ शर्तहरु
– पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । त्यो पनि ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट चाहिन्छ ।
– सबै यात्रु पीसीआर नेगेटिभ भए घर जान पाइनेछ । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।
– अनलाइन फारम अनिवार्य भर्नुपर्छ । सीसीएमसीको वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ ।
–पीसीआर भएको र नभएका यात्रु मिसाउन पाइने छैन । कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ ।
–विदेशीको हकमा परिचयपत्र अनिवार्य हुनुपर्छ ।
–भिसाको जिम्मा विभागलाई दिइएको छ । विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ।
–नियुक्तिपत्रबाट छुट दिइएको हुनुपर्छ ।
–स्वास्थ्यको मापदण्ड अनिवार्य पूरा गरेको हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै