काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना नातेदारले कानुन उल्लंघन गरेर कुनै पद नलिएको दावी गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले बुधबार फेसबुकमा स्टाटस लेखी आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको बताएका छन् । ‘आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता छैन’ उनले फेसबुकमा भनेका छन् । सरकारले गरेका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका उनको दावी छ ।
कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताएका छन् । अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो । सोही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले समाचार बनाएका थिए ।
उपप्रधानमन्त्री पोखरेलले फेसबुकमा यस्तो लेखेका छन्–
सबै महानुभावहरूमा अनुरोध
केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।
यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुस्खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।
विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ।
म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन ।
– ईश्वर पोखरेल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल