ललितपुरको पाटन अस्पताल र बाँकेको शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, ०८ : १९
ललितपुरको पाटन अस्पताल र बाँकेको शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन

काठमाडौँ । ललितपुर पाटन अस्पताल र बाँकेको शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक–एक पुरुषको निधन भएको छ । 

ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौँका ५४ वर्षीय कोराना संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि साउन २३ गते उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । 

त्यसैगरि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

उनको नेपालगन्ज मेडिकल कलेजमा  स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेकै अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस