आज ७४३ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ३२ हजार ६७८ पुग्यो

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १६ : २३

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमध्ये १८ हजार ८०६ जना संक्रमित निको भइसकेका छन् ।