थप १७५ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या १८ हजार ८०६ पुग्यो

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १६ : १९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७५ जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।