विराटनगरमा संक्रमणबाट थप १ पुरुषको मृत्यु, परिवारका अन्य ३ जना संक्रमित

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, ०८ : २१
विराटनगरमा संक्रमणबाट थप १ पुरुषको मृत्यु, परिवारका अन्य ३ जना संक्रमित

विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर स्थित कोरोना अस्पतालमा उपचाररत विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको थियो । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ ।  योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस