वीरगन्ज । पर्सा वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु मृत्यु भएको छ। मृतक दुवै जना पुरुष रहेका छन् । पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
डकैला बहुअरीका पुरुषको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार आज मृत्यु भएको हो । मृतक मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै वीरगन्जका अका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे वीरगन्ज अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको छ। मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते भर्ना भएका थिए ।
उनको दुवै मृगौलाले काम गर्न छाडेपछि डायलोशीसको तयारी गर्दा गर्दै भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति उनको मृत्यु भएको हो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै