काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडा नियमित पत्रकार सम्मेलन सो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको उनले बताए ।
डा खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।
र, काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।
यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौसम खुलेसँगै शुरू भयो १ हप्तादेखि प्रभावित मन्थली–लुक्ला उडान
मन्थली–लुक्ला उडान सुरु
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने
श्री एयरलाइन्सले सुरु गर्यो मानसरोवरको पर्वततीय उडान
भिजिबिलिटीका कारण विभिन्न ४ ठाउँका उडान प्रभावित
भूकम्प-प्रभावित क्षेत्र केन्द्रित उडान गर्न नेपाल वायु सेवा निगमलाई प्रधानमन्त्रीको निर्देशन