राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

बुधबार, ०३ भदौ २०७७, ११ : ५०
राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस