मर्स्याङ्दी नफर्की अस्ताए राष्ट्रकवि

पत्रपत्रिकाबाट

बुधबार, ०३ भदौ २०७७, ०८ : १२
मर्स्याङ्दी नफर्की अस्ताए राष्ट्रकवि

काठमाडौं । ‘आजै र राति, के देखें सपना’ बोलको गीतमा एउटा लाइन छ, ‘मर्स्याङ्दी नदी नरमाइलो, सुसाइरहेको....।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरे ।

त्यही मर्स्याङ्दी नदीको पानी खाएर हुर्किएका थिए राष्ट्रकवि घिमिरे । आफ्नो थातथलो छोडेका उनी गाउँ फर्किंदा मर्स्याङ्दीसम्म भने पुग्न सकेनन् । मर्स्याङ्दीको पानी खाने एउटा ध्येय भने उनले करिब आधा दशकअघि पूरा गरे । तर, मर्स्याङ्दी फर्किने वाचा पूरा नहुँदै उनले सोमबार अस्ताउँदो सूर्यसँगै धर्ती छाडे ।

०६३ माघमा करिब २१ वर्षपछि राष्ट्रकवि घिमिरे जन्मथलो मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा ९पुस्तुन० आएका थिए । राष्ट्रकविले त्यतिबेला बाल्यकालमा आफूले ऐंसेलु खाएका र गोठाला गएका ठाउँहरू घुमेका थिए । स्थानीय चन्द्रोदय माविको स्वर्ण महोत्सवमा आएपछि उनी आफ्नो जन्मथलो पुस्तुन बाहुनडाँडा आएका छैनन् ।

उनले फेरि एक पटक गाउँ आउने वाचा गरेको गाउँले अझै सम्झन्छन् । ‘एकफेर जसरी पनि गाउँ आउँछु भन्नुभएको थियो । पछि बिरामी पर्नुभयो । आउन सक्नुभएन,’ बाहुनडाँडा बस्ने उनका भाइ ९सानोबुबाको छोरा० ७४ वर्षीय श्रीभद्र घिमिरेले भने, ‘अहिले दाइको खबर सुन्दा साह्रै नमज्जा लाग्यो ।’

राष्ट्रकवि घिमिरेका भतिज विष्णुराज घिमिरेका अनुसार विद्यालयको जन्मोत्सवका बेला बाहुनडाँडाबाट करिब १ घण्टा दूरी तल बेंसीसहर–चामे सडकमा पर्ने थाकन गाउँनजिकैबाट उनलाई बोकेर ल्याइएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस