धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १४ : ४९
धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

धनुषा । धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरको कोभिड १९ विशेषको आइसोलेशन कक्षमा उपचार भइरहेका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।

योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस