बुटवलमा पनि थपिए १६ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, ११ : ३४
बुटवलमा पनि थपिए १६ जना कोरोना संक्रमित

बुटवल । देशभरि नै कोरोना संक्रमणको लहर चलेसँगै बुटवल उपमहानगरपालिकामा पनि १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

संक्रमण पुष्टि भएका १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी रहेको बताईएको छ । त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । आइतबार संक्रमण पुष्टि भएकाहरुको विस्तृत विवरण आइनसके पनि अधिकांश कालिकानगर क्षेत्रका रहेको बताईएको छ । 

तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएका मध्येका ७ जना संक्रमित भएका हुन्। १५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ।  योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण पुष्टि भएको थियो।
 

प्रतिक्रिया दिनुहोस