भरतपुर महानगरसँगै थप पुर्वी चितवनका ४ नगरपालिका भित्र निषेधाज्ञा

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, ०९ : ४९
भरतपुर महानगरसँगै थप पुर्वी चितवनका ४ नगरपालिका भित्र निषेधाज्ञा

सांकेतिक तस्विर

चितवन । कोरोना भाइरसको संक्रमण बढेसँगै भरतपुर महानगर भित्र लागु गरिएको निषेधाज्ञा आज (आईतबार) राति देखि जिल्लाका थप ४ नगरपालिकामा लागु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वीचितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा जारी गरिएको हो । चारवटै नगरपालिका प्रमुखहरुको आज बसेको बैठकले चार वटै नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । 

स्थानिय तहले निषेधाज्ञा लागू गर्नका लागि नगरपालिकाले निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराएका छन् ।  । रत्ननगरपालिकाका प्रमुख नारायण वनले कोरोना संक्रमणको ‘जोखिम बढ्दै गएकाले निषेधाज्ञा लागू गर्न जिल्ला प्रशासनलाई भनेका बताए ।

निषेधाज्ञा आज राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि लागू गर्ने निर्णय भएको जानकारी दिए । चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वीचितवनमा निषेधाज्ञा घोषणा गरेको बताए । 

केहीदिन यता पूर्वीचितवनमा पनि कोरोना संक्रमित थपिदै गएका छन् । शनिबार राति गरिएको परीक्षणमा रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस