काठमाडौं । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोरोनाका विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।
कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको छ ।
यसअघि मन्त्रालयले देशभरका निजी तथा सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको थियो । साथै संक्रमितलाई आफ्नो निर्देशन विना हब अस्पतालमा रिफर नगर्न समेत भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०७७, १८ : ०४
लेखकबाट थप