काठमाडौं। पिसिआर परीक्षणमा हतारो नगर्न सुझाव दिइएको छ ।
आफू सम्पर्कमा आएको व्यक्तिलाई कोरोना संक्रमित भएको थाहा पाउने वित्तिकै कसैले पनि हतार गरेर पीसीआर परीक्षण गराउन जरूरी नरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै संक्रमितको सम्पर्कमा आएको थाहा पाए पनि ५ र ७ दिनमा परीक्षण नगर्न सुझाब दिएका हुन् ।
‘कोभिड १९ नतिजा सकारात्मक आएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिले तुरून्त पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको पाइएको छ। पीसीआर पोजिटिभ आउन ५र७ दिन लाग्ने भएकाले तुरून्त परीक्षण गर्दा फल्स रिपोर्ट परीक्षण गर्दा नेगेटिभ आउने तर २ र ४ दिनमा पोजिटिभ देखिन सक्छ,’’ प्रवक्ता गौतमले भने, ‘त्यसैले कम्तीमा ५ दिन नपुगी परीक्षण नगर्न नगराउन आग्रह गर्छौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०७७, १७ : १६
लेखकबाट थप