भैंसेपाटीमा सुरु भयो नेकपा कार्यदलको बैठक

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १२ : ५५
भैंसेपाटीमा सुरु भयो नेकपा कार्यदलको बैठक

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन गठन भएको ६ सदस्यीय कार्यदलको  बैठक सुरु भएको छ । 

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले कार्यदल गठन गरेसँगै सहमति खोज्न प्रयास सुरु भएको हो । 

कार्यदलका बैठक भैसेपाटीमा सुरु भएको र विवादित विषयमा सहमति खोज्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस