सरकारले मुलुकलाई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउँछ : प्रचण्ड

शनिबार, १९ फागुन २०७४, १३ : ४०
सरकारले  मुलुकलाई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउँछ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकको विकास र सम्वृद्धि नै सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

अन्नपूर्ण काठमाण्डौ समाज नेपालको प्रथम साधारणसभालाई सनिबार राजधानी काठमाण्डौमा सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । संविधान कार्यान्वय संगै मुलुकमा राजनीतिक स्थायीत्व कायम हुने आधार श्रृजना भएको उल्लेख गर्दे उनले अब सरकारले विकास र सम्वृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने बताए ।

उनले जन्मभुमिका लागि केही गर्नुपर्छ भन्ने भावना हुँदा हुदै तात्कालिन राजनितिक संक्रमणका कारण विकास निर्माणको विषयले प्राथमिकता पाउन नसकेको स्वीकार गरे ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेर सिंगो राष्ट्रका लागि केही गर्नुपर्छ भने भावना मनमा राखेपनि तात्कालिन राजनीतिक संक्रमणको मूलभुत आवश्यकता संविधानसभाबाट संविधान निर्माण गरि मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नु रहेकाले अन्य विषय ओझेलमा परेको बताए ।

उनले संविधान कार्यान्वयनको अत्यन्तै संवेदनशील पक्ष तीनै तहको निर्वाचन सम्पन्न भई सबै तहका सरकारले काम अगाडि बढाउने तयारी गरिसकेकाले अब विकास र सम्वृद्धि तर्फ मुलुक अघि बढ्ने सुनिश्चित आधार तयार भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले अन्नपूर्ण गाउपालिकाको विकास र सम्वृद्धि सिंगो राष्ट्रका लागि उदाहरणिय र अनुकरणीय बन्नुपर्ने भन्दै त्यस तर्फ अघि बढ्न सुझाव दिए । कास्कीको ढिकुरपोखरी गाविस लिवाडेमा जन्मेका अध्यक्ष प्रचण्डले सो स्थानमा निवास बनाउने चाहाना रहेको पनि बताए ।
कार्यक्रममा संरक्षकत्वको भुमिकाका लागि अन्नपूर्ण समाजले गरेको आग्रहलाई अध्यक्ष दाहालले स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस