नेकपा कार्यदलको पहिलो वैठक भैसेपाटीमा

आजै मध्यान्ह साढे १२ वजे कार्यदलकौ पहिलो  वैठक महासचिव विष्णु पौडेल निवास भैसेपाटीमा बस्दैछ

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, ०९ : ०२
नेकपा कार्यदलको पहिलो वैठक भैसेपाटीमा

काठमाडौं । सत्तारुढ दल नेकपाले विवाद सल्टाउन गठन गरेको कार्यदलको पहिलो वैठक आज बस्दैछ । बढीमा चार दिनभित्र पार्टीको आन्तरिक  समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि उपाय सहितको सुझाव पेश गर्ने गरी नेकपाका दुई अध्यक्षले शुक्रवार आफनो अध्यक्षको अधिकार प्रयोग गदै कार्यादल गठनको निर्णय लिएका थिए ।

कार्यदल महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाईएको छ । कार्यदलमा स्थायी समिति सदस्यहरु शंकर पोखरेल, पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डेलाई कार्यदलमा सदस्यको जिम्मेवारी दिइएको छ । ६ सदस्यीय कार्यादलमा संयोजक पौडेल र सदस्य पोखरेल ओली समुह, नेतृ भुषाल र शर्मा प्रचण्ड समुह तथा रावल र पाण्डे वरिष्ठ नेता माधव नेपाल समुहका नेता छन् ।

कार्यदलको पहिलो वैठक आजै बस्ने भएको छ । महासचिव पौडेलको निवास भैसेपाटीमा आज मध्यान्ह साढे १२ बजे कार्यादलको पहिलो वैठक बस्दैछ ।

कार्यदलले पार्टीका दुई अध्यक्षको कार्यविभाजन, अधिकार वाँडफाड देखि आसन्न पार्टीको एकता महाधिवेशनको कार्यतालिका, वैचारिक राजनीतिक वहस, आलोचना, आत्मआलोचना, मन्त्रीपरिषद् हेरफेर, विवादित नियुक्तिहरुको वदर, राजनीतिक नियुक्तिहरुमा सस्थागत निर्णय, मुख्यमन्त्री हेरफेर लगायत समग्र विषयमा केन्द्रीत रहेर छलफल गर्नेछ र त्यही अनुसारको एकीकृत प्रस्तावलिखित रुपमै तयार पार्नेछ ।

स्थायी समिति सदस्य जर्नादन शर्माले भने, –‘महाधिवेशन सम्मको तयारीको कार्ययोजना सम्म तयार पार्ने गरी कार्यादलले आफनो प्रस्ताव तयार पार्नेछ ।’  कार्यदललाई समय सिमा नतोकिएपनि यसले छिटो भन्दा छिटो प्रस्ताव तयार पार्ने निर्देशन अध्यक्षद्दयबाट प्राप्त गरेको छ । कार्यदलले दुई अध्यक्षका वीचमा विहीवार र शुक्रवार भएका छलफलमा मौखिक सहमति भएका विषयहरुकै आधारमा टेकेर लिखित प्रस्ताव तयार पार्ने बताईएको छ ।

प्रधानमन्त्रीका रुपमा ओली नै रहने, महाधिवशेन सम्म पार्टीको कार्यकारी जिम्मेवारी अध्यक्ष प्रचण्डले लिने र सरकार सञ्चालन लगायतका विषयमा सन्यत्र वनाउने सम्मका प्रस्ताव कार्यादलले बनाउने बताईएको छ । कार्यदल संयोजक पौडेलले भने कार्यदलको कार्यक्षेत्रका विषय अहिले बताउने अवस्था नरहेको भन्दै पार्टीभित्र देखा परेका समग्र समस्यामा केन्द्रीत रहेर प्रस्ताव तयार पार्ने बताए ।

दुई अध्यक्षबीच छलफल भयो, पार्टीको आन्तरिक जीवनमा देखिएको समस्याहरुलाई सकारात्मक रुपमा समाधान गर्ने र जनताले पार्टीलाई दिएको जिम्मेवारीलाई निष्कर्षमा पु¥याउने विषयमा सहमति भएको छ’, पौडेलले भने, ‘हामी आजैदेखि काम थाल्छौं,  चाँडो भन्दा चाँडो अध्यक्षद्वयलाई प्रस्ताव पेश गछौं, त्यसपछि फटाफट कमिटिहरुको वैठक राखेर हामी अगाडी बढ्छौं ।’   

प्रतिक्रिया दिनुहोस